२० साउन, काेहलपुर । यही साउन २९ गतेदेखि संचालन हुन गहिरहेकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि बाँकेमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न दस वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार नेपालगन्जमा मंगल प्रसाद माध्यमिक विद्यालय, धम्वाेजी माध्यमिक विद्यालयमा र महेन्द्र माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै काेहलपुरमा त्रिभुवन माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र ज्ञान ज्याेति माध्यमिक विद्यालय चप्परगाैडीमा परीक्षा केन्द्र तोकिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
राप्तिसाेनारी गाउँपालिकाको सिद्देश्वर माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय मधुईमा परीक्षा केन्द्र तोकिएको छ ।यसैगरी खजुरा गाँउपालिकाकाे ज्ञानाेदय माध्यमिक विद्यालय खजुरा र बैजनाथ गाँउपालिकाकाे प्रभात माध्यमिक विद्यालय जी गाँउमा पनि परीक्षा केन्द्र कायम गरिएको छ ।
बाँकेमा दस वटा परीक्षा केन्द्रमार्फत ग्रेडवृद्धि परीक्षामा तिन हजार १ सय १९ जना परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसूदन चाैलागाईले जानकारी दिए । उनका अनुसार साधारणतर्फ २ हजार ९ सय ८८ र प्राविधिक धारतर्फका १ सय ३१ जना परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सामेल हुनेछन ।
२१ श्रावण २०८२, मंगलवार ०९:१८ प्रकाशित