५ साउन, काठमाडौँ । ‘गोप्य घुस डिल’मा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाकेको छ ।
मालपोत र भूमि आयोगका अधिकारीलाई हातमा लिएर पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको जग्गा हत्याउन गरिएको सेटिङको अडियो गत साता सार्वजनिक भएको थियो । घुस डिलको अडियो सार्वजनिक भएपछि गत असार ३१ गते गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । घुस प्रकरणमै मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने अझै पदमा छन् । उनले पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोपको इन्कार गरेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तर, अधिकारीले लिची बगानको जग्गा हत्याउने योजनाअनुसार छोरामार्फत घुस बुझेको दाबी गरिएको विषय घुस डिलसँगै सम्बन्धित अडियोमै सुन्न सकिन्छ ।
यस प्रकरणमा भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले पनि बिचौलियाको योजनाअनुसार काम गराउन ५ लाख रुपैयाँ घुस र मदिरा नै बुझेको दाबी गरिएको अडियोमा सुनिन्छ ।
अधिकारी र गुप्ता एमालेबाट प्रतिनिधिसभा सदस्य हुन् । गुप्ता, बिचौलिया लामा र अर्की एक महिलाबीच जग्गा हत्याउने खेलअन्तर्गत भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै घुस डिल भएको आशंका छ । त्यही संवादमा मन्त्री अधिकारीको संलग्नता रहेको विषय समेटिएको छ । यो विषय र संलग्न व्यक्तिहरु अनुसन्धानका क्रममा रहेको अख्तियारका एक अधिकारीले बताए ।
६ श्रावण २०८२, सोमबार १४:५३ प्रकाशित