४ साउन, काेहललपुुर । आफ्नै बुबाको हत्या गरेर फरार भएका बैजनाथ गाउँपालिका-२ मकैबारीका भुपेन्द्र रोकाय १३ दिनपछि पक्राउ परेका छन्।
गत असार २१ गते साँझ करिब ७:३० बजे ६० वर्षिय टोप बहादुर रोकायलाई उनकै ३२ वर्षिय छोरा भुपेन्द्र रोकायले धारिलाे हतियारले प्रहार गरी हत्या गरेका थिए। मानसिक सन्तुलन ठिक नभएको बुझिएका भुपेन्द्र घटना स्थलमै हत्या गरेर फरार भएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटनास्थलमै मृत भेटिएका टोप बहादुरको शव पोस्टमार्टमपछि उनका अर्का छोरा कुल बहादुर रोकायले २२ गते दिउँसो बुझेका थिए। प्रहरीले घटनास्थल नजिकै प्लास्टिकको बोराले बेरिएको अवस्थामा हत्या प्रयाेग भएकाे हतियार र मुङ्ग्रो फेला पारेको थियो।
हत्या आरोपित भुपेन्द्र रोकायको खोजीका लागि प्रहरीले डग स्क्वाडसहित कोहलपुर, चिसापानी र बनकटवा क्षेत्रभरि व्यापक खोजी गरेको थियो। अन्ततः साउन ४ गते दिउँसो करिब ३:१५ बजे बैजनाथ गाउँपालिका-२ पहाडीपुरस्थित खैरेनी सामुदायिक वनको भवनमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काेहलपुरले जानकारी दिएकाे छ ।
५ श्रावण २०८२, आईतवार १९:०५ प्रकाशित