२४ असार, कोहलपुर । त्यसो त पछिल्लो समय ‘प्लस-टु’ भन्ने वाक्य नै फेजआउट भईसकेको भएपनि विद्यार्थीहरुको जिब्रोमा भने ‘प्लस-टु’ शब्द भने हराउन सकेको छैन । एसईई उतीर्ण पश्चात ‘प्लस-टु’ कहाँ अध्ययन गर्ने भनेर सफल विद्यार्थीहरु कानेखुशि गरेको चोक चौराह र चिया पसलहरुमा बेग्रल्ति सुन्न नपाईने भने होईन । यसैबिच बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा ‘प्लस-टु’ तर्फ अध्ययन गर्न चाहनेहरुको क्रेज अझैं पनि उस्तै रहेको पाईएको छ । ६० को दशकबाट ‘प्लस-टु’ तर्फ साईन्स विषयको अध्यापन गराईरहेको गोरखाले शुरुवाती चरणमा आएका भर्नाका चाँपहरु तुलनात्मक रुपमा गिरावट नआएको बताएको छ ।
स्थापनाकालदेखि शतप्रतिशत नतिजा दिंदै आएको गोरखामा अध्यापनका सम्पुर्ण टुल्सहरुले विद्यार्थीहरुलाई आर्कषण गर्ने गरेको छ । २०६६ देखि ब्यवस्थापन संकायमा समेत अध्ययन गर्ने वातावरण निर्णय गरेको गोरखा कोहलपुरमा ‘प्लस-टु’ तर्फ साईन्स संकाय सञ्चालन गर्ने पहिलो विद्यालय समेत हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँकेको कोहलपुरस्थित गोरखा युनाईटेड पब्लिक स्कुल पछिल्ला केही वर्षमा ‘प्लस-टु’ (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावक माझ उच्च विश्वसनीयता कायम गर्दै आएको तथ्यांकले देखाएको छ । शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा उभिँदै गएको देखिएको हो ।

विद्यार्थीका लागि इन्टर्नसीप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, साइकोलोजिस्ट तथा विशेषज्ञ परामर्शदाता जस्ता पूर्वाधार तयार पारेर अध्यापन गर्ने गोरखा स्कुलले यसपालि साईन्समा २ सेक्सन र ब्यबस्थापनमा १ सेक्सन गरी जम्मा ३ सेक्सनमा अध्ययन अध्यापन गराउने छ ।
यसरी विद्यार्थीहरुलाई शिक्षा दिने दिर्घ सोच बनाएको गोरखाले प्रति सेक्सन ३५ जनाका दरले १ सय ५ जना विद्यार्थीहरुलाई मात्र शिक्षा दिने कोटा छुट्टाएको भएपनि जेहन्दार, लगनशिल र ईन्ट्रान्सको रिजल्ट अध्ययन गरी प्रति सेक्सन २र३ जनाका दरले बृद्धि गरी अध्यापन गराउने सोच राखेको बताउछन विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आले । त्यसो त सदा झैं यस वर्ष पनि गोरखामा अध्ययन गर्ने लालसामा साईन्सतर्फ १ सय सन्ताउन्न जना र ब्यवस्थापनतर्फ ५७ जनाले पुर्व परिक्षण परीक्षामा सामेल भएको अध्यक्ष आलेको भनाई छ ।

उनका अनुसार आफुले सबैलाई गोरखामा अध्ययन गर्ने अवसर प्रदान गर्ने सोच बनाएपनि दक्ष जनशक्ति अभावका कारण आफ्नो विद्यालयले ३ सेक्सन भन्दा बढि कक्षाहरु सञ्चालन गर्न असमर्थ रहेको हो ।
करियर बिल्डअपकालागि उदार देखिदै आएको गोरखाले पछिल्लो समय कोहलपुरका केहि नयाँ अनुहारका जस्केलाबाट छिरेका शैक्षिक संस्थाले गरे जस्तो विद्यार्थी आर्कषण गर्न सित्तैमा भर्ना गर्ने, आधा शुल्कमा भर्ना गर्ने जस्ता चलाखिपुर्ण तरीकाले शिक्षालाई ब्यापारीक थलो बनाउने कार्यको भने विपक्षमा उभिदै आएको दावि गर्छ ।
“विद्यार्थी आए भन्दैमा सबैलाई भेडा बाख्रा जस्तो हुलेर के शिक्षा दिनु, यस्तो तरीकाले त गुणस्तरिय शिक्षामा नै प्रश्न खडा गर्छ होईन र ?” अध्यक्ष आलेले भने “दक्ष शिक्षक, आधुनिक शिक्षण प्रविधि तथा विद्यार्थीमैत्री वातावरणको संयोजनले गर्दा गोरखामा भर्ना हुन चाहनेहरूको संख्या बढ्दो छ,” आउदा वर्षमा जनशक्ति ब्यवस्थापन गरेर सेक्सनको संख्या बढाउने सोचमा छौं अध्यक्ष आलेले भने ।
२४ असार २०८२, मंगलवार १६:४९ प्रकाशित