१९ असार, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको छ ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए ।
१९ असार २०८२, बिहीबार १७:४८ प्रकाशित