१९ असार, कोहलपुर । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने चर्चा हुन थालेको धेरै भएको छैन । नयाँ शहरका रुपमा द्रुतगतीमा आफुलाई स्थापित गरेको कोहलपुर विगत केही वर्षयता “शैक्षिक हब”को पहिचानकालागी संघर्षरत छ । यहाँको स्थानिय सरकारदेखी सरोकारवाला सबैले प्राथमिकताका साथ कोहलपुरलाई शैक्षिक हब बनाउनुपर्ने धारणा राख्दै आएतापनि तथ्य र तथ्याङ्कले भने अझैं उक्त कुरालाई स्विकार्न सकिरहेको छैन ।
यसै वर्षको SEE परीक्षाको नतिजालाई हेर्ने हो भने पनि शैक्षिक हबको कुरा तत्कालकालागी सम्भव देखिदैन । शैक्षिक शत्र २०८१ को एसईइमा कोहलपुर नगरक्षेत्रभित्रबाट सहभागी परीक्षार्थीमध्ये कूल ५६.१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार नगर क्षेत्रका कुल १,९६४ परीक्षार्थीमध्ये १,२७८ जना सफल भएका हुन् भने ६८६ जनाको नतिजा ‘नन ग्रेड’ रहेको छ । ‘नन ग्रेड’ मा पर्नेहरु अधिकाशं सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी रहेका छन ।
कोहलपुर नगरपालिका अन्तर्गतका कुनै सामुदायिक विद्यालयले एसईइको परिक्षामा शतप्रतिशत नतिजा ल्याउन सकेनन् । नगरभित्रकै ६ वटा संस्थागत (निजी) विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदा सामुदायिक (सरकारी) विद्यालयहरु भने त्यसको आसपास समेत पुग्न सकेका छैनन् ।
सामुदायिक विद्यालयतर्फ कोहलपुर-१२ चप्परगौडीस्थित ज्ञानज्योति माविले सबैभन्दा बढि ७०.९ प्रतिशत नतिजा ल्याएको छ । उक्त विद्यालयबाट एसईइमा सहभागी ८६ जना विद्यार्थीमध्ये ६१ जना सफल भएका छन् ।
यसबाहेक बालशिक्षा मावि भरैयाबाट ६५.२ %, लक्ष्मी मावि बर्दहवा (प्राविधिक) बाट ६१.८ %, कृष्ण मावि कौशिलानगरबाट ५९ %, त्रिभुवन मावि कोहलपुरबाट ४८.१ %, जनता मावि मैटहवाबाट ४७.१ %, सगरमाथा ज्ञानपुञ्जबाट ४४ %, नेरा मावि खड्कवारबाट ४१.२ %, राम मावि बैजनाथपुरबाट ३२.७ %, जन ज्ञानज्योति मावि कौशिलानगरबाट २२.८ %, लक्ष्मी मावि बर्दहवाबाट २०.२ %, सरस्वती मावि पिपिरीबाट १९.१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन ।
कुल १४ सामुदायिक विद्यालयहरूबाट १,१०० परीक्षार्थी सहभागी भएका थिए, जसमा ४७० जना मात्र सफल भएका छन् । सामुदायिक विद्यालयको समग्र सफलताको दर ४२.७ प्रतिशत रहेको छ । अवर्गीकृत विद्यार्थीको संख्या ६३० रहेको छ ।
संस्थागत विद्यालयको नतिजा चम्किलो
यसैगरी नगरपालिकाभित्र रहेका २५ संस्थागत विद्यालयमध्ये ६ वटाले शतप्रतिशत नतिजा ल्याएका छन् । गोर्खा युनाइटेड पब्लिक स्कुल, जनज्योति पब्लिक हाई स्कुल, वेष्टर्न इङ्लिस मिडियम सेकेन्डरी स्कुल,, नमुना विद्या सदन, साइनिङ स्टार इङ्लिस मिडियम स्कुल र जीवन ज्योति माविले शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन ।
संस्थागत विद्यालयबाट ८६४ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ८०८ जना उत्तीर्ण भएका छन् । नन ग्रेड विद्यार्थीको संख्या ५६ रहेको छ । संस्थागततर्फको सफलताको दर ९३.५ प्रतिशत रहेको छ ।
१९ असार २०८२, बिहीबार १४:१० प्रकाशित