५ असार, काठमाडौं । बालिका बलात्कारपछि हत्याकाे घटनामा संलग्न बाँकेकाे खजुरा गाउँपालिका-४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जिवित रहेसम्म जन्मकैदको फैसला सुनाएको छ ।
खाँले २०७९ साल कात्तिक १६ गते गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फालेका थिए । घटनाको एक दिनपछि ती बालिकाको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन् ।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो । अदालतले प्रमाणको आधारमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले खाँलाई बलात्कार अभियोगमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ ।
त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले जीवित रहेसम्म जन्मकैद र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
५ असार २०८२, बिहीबार ०८:५० प्रकाशित