२२ जेठ, कोहलपुर । दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो । भेट हुँदा उनीहरुबीच सोही विषयमा विवाद हुँदा कुटाकुट भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका-८ दुधेनामा डेरामा बस्दै आएका थिए।
जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर-९ बेलुवामा कुटाकुट भएको थियो।
प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि आफूले गिरीलाई दुई मुक्का प्रहार गरेको उनले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।
प्रहरी अनुसन्धानअनुसार कुटाकुटपछि उनीहरु दुबै जना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गइ पानी पिएका थिए । पानी पिएपछि गिरी एकाएक ढलेका थिए ।
मुक्का प्रहार बाट गिरीको टाउकोमा भित्री चोट लागेपछि अचेत भएको हुनसक्ने प्रहरीको आकलन छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा पठाइएको थियो । त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यही क्रममा बिहीबार बिहान पौने ३ बजेतिर गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरू दुबै श्री माध्यमिक विद्यालय दोघरेमा पढ्दै थिए । मृतकले रुकुममै गएर परीक्षा दिएका थिए । फेरि उनी अध्यनका लागि दाङ आए पनि भर्ना भने भइसकेका थिएनन् ।
गिरीलाई कुटपिट गर्ने यज्ञ वली प्रहरी नियन्त्रणमा छन् । वली अहिले कक्षा ९ मा अध्यनरत छन् ।
२३ जेष्ठ २०८२, बिहीबार १४:३४ प्रकाशित