१३ जेठ, डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।
समुह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ विक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माले बताए । उनका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल वीउ किसानलाई सहकारी समुहमार्फत किसानलाई अनुदानमा वितरण गरिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
८० क्विन्टल मूल वीउलाई किसानले लगाएपछि पालिकाले समय-समयमा प्राविधिकबाट परिक्षण गराई उत्पादनका आधारमा थप मुल वीउ किसानसँग पालिकाले खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताए ।
धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।
यो वर्षदेखि बीउ भण्डारण शुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा बृद्धि गर्नेे पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।

करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए । उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भईरहेको बताए । किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्ने लगायत सुविधा भएको छ ।
डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकोले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए ।
उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए ।
डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा-२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।
१४ जेष्ठ २०८२, मंगलवार १८:५० प्रकाशित