भ्रष्टाचार मुद्धा लागेपछि सांसद बस्नेतको पद स्वतः निलम्बन
  • काँचुली खबर

१ जेठ, काठमाण्डौं । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बनमा परेको छ ।

२०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामक्स घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

संसद् सचिवालयका सहसचिव (कानून) लक्ष्मीप्रसाद गौतमले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचार मुद्दा लागेपछि सांसद पद स्वतः निलम्बन हुने जानकारी दिए । ‘अहिलेको भ्रष्टाचार निवारण २०५९ अनुसार अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि कुनै पनि सांसदको पद स्वतः निलम्बन हुन्छ,’ गौतमले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारणका विषयमा सांसद पद स्वतः निलम्बन हुने प्रावधान हो ।’

बस्नेत २०७९ को चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् ।

अख्तियारले बस्नेतविरुद्ध ३ अर्ब २१ करोड बिगो दाबी गरेको छ । बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

सांसद सदस्यमाथि मुद्दा लागेपछि अब अख्तियारले संसद् सचिवालयलाई पत्रमार्फत जानकारी गराउनेछ । त्यसपछि संसद्को बैठकमा सभामुखले सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाउनेछन् ।

रास्वपाका सांसद रवि लामिछानेको सांसद पद पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा स्वतः निलम्बनमा परेको थियो ।

  • २ जेष्ठ २०८२, बिहीबार १३:४२ प्रकाशित
  • Nabintech