वाईसीएल काेहलपुरकाे अध्यक्षमा परियार चयन
  • काँचुली खबर

२८ बैशाख, काेहलपुर । नेकपा (माओवादी केन्द्र) काे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) नेपाल कोहलपुर नगर समितिको अध्यक्षमा विजय परिचार चयन भएका छन । आईतबार काेहलपुरमा सम्पन्न वाईसीएलकाे तेस्रो नगर सम्मेलनबाट परियारको नेतृत्वमा सर्वसम्मत ५१ सदस्यीय नगर समिति चयन गरीएकाे हाे ।

समितिकाे उपाध्यक्षमा सुनिल गुरुङ, आदर्श रिजाल र सपना रसाइली चयन भएका छन् भने सचिवको जिम्मेवारी मन बहादुर परियारले पाएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पूर्णा कुमारी सुवेदीले सम्मेलनकाे उद्घाटन गरेकी थिईन । सम्मेलनकाे उद्घाटन गर्दै सुवेदिले युवा शक्तिलाई साँगठनिक रूपमा अगाडि बढाउनुपर्नेमा जाेड दिएकी थिईन । उनले क्रान्तिकारी सबै युवा शक्तिलाई गाेलबन्द गरी पार्टिमा केन्द्रीकृत गर्न वाईसीएलले भुमिका खेल्ने विश्वास समेत ब्यक्त गरिन ।

वाईसीएल काेहलपुर नगर अध्यक्ष लाल बहादुर खड्काकाे अध्यक्षतामा समपन्न सम्मेलनमा पार्टि केन्द्रीय सदस्य पार्वती पुन (उषा), कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अविरल) लगाएतका नेता कार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

  • २८ बैशाख २०८२, आईतवार २२:२८ प्रकाशित
  • Nabintech