शिक्षा, राजनीति र अभिभावकको आत्मअनुभूति

आज म बोल्न सक्दिन, किनकि मेरो आवाजलाई मैले नै गुमाएको छु । म भित्रभित्रै जलेको छु। मलाई लाग्छ, देश बनाउने सपना देख्दा आफ्ना सन्तान गुमाउनु पर्ने रहेछ । त्यो पछुतो, त्यो पीडा जीवनभर नसेलाउने घाउ बनेर बसेको छ ।

  • भुम भण्डारी

म समाजका लागि केही गर्ने सपना बोकेको एक सामान्य नागरिक हुँ । कानुन, न्याय र अधिकारका कुरा उठाउन चाहने मेरो बानीले मलाई सामाजिक रूपमा क्रियाशील बनायो । समाजमा जस्तो देखेँ, त्यही लेखेँ । समाजको कालो चित्र, शिक्षा प्रणालीको विकृति, राजनीति र पाखण्डको पर्दाफास गरेँ। लेख्दै जाँदा गाली आए, आलोचना भोगें, साथीभाईबाट पराया जस्तै भए । भावनामा बहकिएर एउटा पिताले सन्तानको भविष्यलाई समाजसेवाको बलि चढाए । सरोकारवालाले गाली गर्छन, सत्ता व्यवस्था चुप बस्छ, तर त्यो पीडाले शब्द बनायो, त्यो सत्यले रचना जन्मायो । लेख लेखेर आफैलाई एक्लो बनाएँ, तर आत्मालाई हलुका बनाएँ ।

म विश्वास गर्थें, सस्तो, सर्वसुलभ र समान शिक्षाले मात्र देशमा परिवर्तन सम्भव छ । मेरा छोराछोरी निजी विद्यालयमा पढ्दै थिए । हुनसक्छ, त्यहाँ व्यवहारिक ज्ञान खासै थिएन, तर गृहकार्य, कक्षाको अभ्यास र प्रमाणपत्रमा उनीहरू अग्रपंक्तिमा थिए । म सन्तुष्ट थिएँ, तर एकदिन लाग्यो, रुपान्तरणको यात्रा : परिवर्तन त आफैंबाट सुरु गर्नुपर्छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मैले नि सोचें, यदि म नै सामुदायिक विद्यालयलाई विश्वास नगरेर निजीमा सन्तान राख्छु भने मैले बोलेका न्याय, समानता, समान अवसरका कुरा खोक्रा हुनेछन । यही सोचले म प्रेरित भएँ र छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरें । सोचें, राज्यको शिक्षाले पनि उस्तै अवसर दिन्छ । तर मेरो त्यो सपना, त्यो आदर्श धरासायी भयो ।

सामुदायिक विद्यालयको अवस्था म कल्पना पनि गर्न नसक्ने गरी कमजोर थियो । ब्यवस्थापन समिति आफ्नै राजनीतिक स्वार्थमा, शिक्षकहरू राजनीति, नेतागिरी र व्यक्तिगत फाइदामा रमाइरहेका थिए । पठनपाठन अस्तव्यस्त थियो । अनुशासन शून्य । मेरा सन्तानलाई सिकाइमा समस्या देखिन थाल्यो । मैले विद्यालयमै अतिरिक्त कक्षा, ट्युसन, जति उपाय थिए अपनाएँ । निशुल्क शिक्षाको नाममा अतिरिक्त शुल्क तिर्नु पर्‍यो । तर पनि नतिजा शून्य । मेरो एक वर्षको पैसा, परिश्रम र सन्तानको मूल्यवान समय सबै खेर गयो ।

त्यो नतिजा हेर्दा मेरो आत्मा जलेको महसुस भयो। मैले निराश र सर्वोश्व गुमाएको होइन तर मलाई लाग्यो स् म समाजको लागि सोच्दा सोच्दै आफ्नै सन्तानको भविष्य जलाएँ । एउटा पिताको त्यो पश्चाताप, त्यो पीडा शब्दले व्यक्त गर्न कठिन छ । म भित्रभित्रै पोलिन थालेँ, तर त्यो पोलाइ कसैलाई देखाउन पनि सक्दिन । मलाई लाग्योस् मैले देशको भविष्यको सपना देखेर आफ्नै घरमा अँध्यारो बादल भित्र्याए !

शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबै राजनीतिको नाममा आफ्नो स्वार्थमा रमाइरहेका छन । आफ्ना बच्चालाई निजी विद्यालयमा लुकाएर सामाजिक सेवाको ढवाङ्ग पिटनेहरुकै सङ्गत परेर मैले पनि भरोसा राखें । भरोसा बिश्वासको आधार थियो शैक्षिक हबको ऐतिहासिक गर्विलो चर्चित नारा तर त्यो भरोसा मेरो जीवनकै ठुलो गल्ती बन्यो । मेरा सन्तान निराश छन । उनीहरूले अब नेपालमा भविष्य देख्दैनन । उनीहरूको सपना अब बिदेश पलायनमा सीमित भएको छ ।

आज म बोल्न सक्दिन, किनकि मेरो आवाजलाई मैले नै गुमाएको छु । म भित्रभित्रै जलेको छु। मलाई लाग्छ, देश बनाउने सपना देख्दा आफ्ना सन्तान गुमाउनु पर्ने रहेछ । त्यो पछुतो, त्यो पीडा जीवनभर नसेलाउने घाउ बनेर बसेको छ ।

शिक्षामा राजनीति नहोस, शिक्षामा सम्भावना होस ।
किनभने शिक्षामा भोलिको राष्ट्र लुकेको हुन्छ ।
यो सिकाइ हो, भोगाइ हो, दोषारोपण कतै कत्ती होइन,
तर सरकार, म तिम्रो ओठे भाषणबाट कत्ति सन्तुष्ट छैन ।

  • २२ बैशाख २०८२, सोमबार १५:५८ प्रकाशित
  • Nabintech