२० बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाभित्र बसोवास गर्दै आएका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) बितरण कार्य सुरु भएको छ ।
शनिबार कोहलपुरमा आयोजित एक विशेष कार्यक्रममा भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले लालपुर्जा बितरण कार्यको शुभारम्भ गरेका हुन । मन्त्री अधिकारीले खडके दमाईलाई प्रमाणपत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको थालनी गरेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जसअन्तर्गत पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नम्बर १ का ९१ जना भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरीएको छ । यसअघि वडा नं. १ का १४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने भनिएपनि ९१ जनालाई मात्र पुर्जा वितरण गरीएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशैभरका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको मालिक बनाईने बताए । ७५३ पालिकामध्ये भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कोहलपुर देशभरमै चौंथो र लुम्बिनी प्रदेशमा पहिलो पालिका बन्न सफल भएको भन्दै मन्त्री अधिकारीले खुसी ब्यक्त गरे ।

मन्त्री अधिकारीले आज प्रदान गरिएको जग्गा सम्बन्धित व्यक्तिको नभई अन्यले लिएको पुष्टि भए पूर्जा जफतका साथै दोषीलाई कडा कारबाही गरिने चेतावनी समेत दिए । मन्त्री अधिकारीले भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई जग्गा प्राप्तिमा कुनै शुल्क नलाग्ने जानकारी दिए । स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि अधिकार दिइएको उल्लेख गर्दै उनले स्थानीय तहलाई असार मसान्तसम्ममा वर्गीकरणको सबै काम पूरा गर्न आग्रह गरे ।
“सबै पालिकाले जग्गाको वर्गीकरण असार मसान्तसम्म गरेर पठाउनुभएन भने जग्गाको किनबेच र कित्ताकाट बन्द हुन्छ”, उनले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिना, भूमि आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजाल, बाँके क्षेत्र नं. १ का साँसद सुर्य ढकाल, कोहलपुर नगर पालिकाका मेयर पुर्ण प्रसाद आचार्य, उपमेयर संगिता सुवेदी, नेपाली काँग्रेस जिल्ला अध्यक्ष नारायण गौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ्ग, नेकपा (माआबादी केन्द्र) का जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे (जेम्स), कोहलपुर वडा नं. १ का वडा अध्यक्ष बर्दी लगाएतले मन्तब्य राखेका थिए ।

भूमि समस्या सामाधन आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्बासी ६ हजार ७९८ र अव्यवस्थित बसोवासी ४३ हजार २२६ रहेका छन ।
बाँकेका ८ वटा पालिका मध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि फारम दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउपालिका बाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिका बाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् ।
२० बैशाख २०८२, शनिबार १५:५३ प्रकाशित