भेरी अस्पतालको ओपीडी र ल्याव सेवा दुई दिन बन्द हुने
  • काँचुली खबर

१३ बैशाख, नेपालगन्ज । पश्चिम नेपालकै पुरानो भेरी अस्पतालको ओपीडी र ल्याब सेवा दुई दिन बन्द हुने भएको छ ।

आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्‍याएपछि भोलि र पर्सि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपीडी भवन लगायतका ठाउँमा क्षति भएको छ’ उनले भने, ‘तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सुचारु गर्न नसकिने भएकोले वैशाख १४ र १५ गते अस्पतालको ओपीडी तथा ल्याब बन्द रहन्छ ।’

अस्पतालमा आज बिहान साढे १० बजे भएको आगलागीमा करिब ४ करोडको नोक्सानी भएको डा सुवेदीले बताए । फार्मेसीको स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रीजबाट आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीको तथ्यगत कारण भने खुल्न सकेको छैन ।

  • १३ बैशाख २०८२, शनिबार १८:३० प्रकाशित
  • Nabintech