सञ्चार नीति बनाउँदै कोहलपुर, मस्यौदामाथी छलफल
  • काँचुली खबर

८ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आमसञ्चार नीतिका बारेमा पत्रकारहरुसँग छलफल गरेको छ । नगरपालिकाद्धारा गठित समितीले तयार पारेको सञ्चार नीतिको मस्यौदामाथी सोमबार कोहलपुरमा छलफल तथा सुझाव संकलन गरीएको छ ।

सञ्चार नीति बनाउनका लागि नगरपालिकाले सरोकारवाला पक्षहरुसँग सुझाव सङ्कलन गर्ने काम सुरु गरेको कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नगरपालिकाले एउटा सञ्चार मस्यौदासमेत तयार पारिसकेको छ । मस्यौदामाथि छलफलका लागि सोमबार कोहलपुरमा एक कार्यक्रम आयोजना गरेर सञ्चारकर्मीहरुसँग छलफल तथा अन्तरक्रिया गरीएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले मस्यौदामाथि व्यापक रुपमा छलफल गरेका थिए । कोहलपुर नगरपालिकले आमसञ्चार नीति ल्याउन थालेकोमा खुसी व्यक्त गर्दै सहभागीहरुले विभिन्न सल्लाह तथा सुझाव दिएका थिए । दिइएका सल्लाह र सुझाव समेटेर सञ्चार नीति बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।

सञ्चार नीति बनाउनकालागि नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयार समिति बनाएको नगरपालिकाले जनाएको छ । अध्यक्ष गिरीको संयोजकत्वमा कोहलपुर नगरपालिकाका रोजगार शाखा प्रमुख आशिष वर्मा र प्रेस संयोजक प्रीयास्मृति ढकाल समितिमा सदस्य रहेका छन् ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यले कोहलपुरबाट सञ्चालन हुने सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरुलाई दीर्घकालीन रुपमा अगाडि बढाउ नीति आवश्यक पर्ने भएकाले कोहलपुरले आमसञ्चार नीति बनाउन लागीएको बताए ।

उनले नीति निर्माण कार्य अहिले नै अन्तिम नभएको भन्दै छलफलका क्रममा रहेकाले सबैले आवश्यक सल्लाह र सुझाव दिन आग्रह गरे । “नीति निर्माण भएपछि तपाईँहरुकै लागि बन्ने हो, यो अन्तिम होइन, छलफलकै क्रममा छौँ, आवश्यक सल्लाह र सुझाव दिनुहोला ।” नगर प्रमुख आचार्यले भने, “तपाईँ सबैको सुझाव आइसकेपछि कार्यपालिकामा लैजाने र नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने हाम्रो योजना छ ।”

कार्यक्रममा कोहलपुर नगर उपप्रमुख संगीता सुवेदीले पत्रकारहरुले दिएको सल्लाह, सुझावका आधारमा ड्राफ्ट तयार पारी कार्यपालिकामा पेश गरिने हुँदा कार्यपालिकामा पेश गर्नुअघि आवश्यक सल्लाह र सुझावको अपेक्षा गरिएको बताईन । उनले सञ्चार नीतिलाई अन्तिम रुप दिनका लागि फेरीपनि सरोकारवाला पक्षसँग छलफल गरिने बताईन ।

कार्यक्रममा नगरपालिकाकी विधायन समिति संयोजक सुनिता सुनार, मस्यौदा समितिका संयोजक तथा पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, सदस्यहरु आशिष वर्मा र प्रीयास्मृति ढकालले मस्यौदाका बारेमा जानकारी दिएका थिए ।

  • ८ बैशाख २०८२, सोमबार १६:१७ प्रकाशित
  • Nabintech