नरैनापुरमा सौर्य ऊर्जा उत्पादनकालागि विदेशी लगानीकर्तासँग छलफल
  • काँचुली खबर

७ बैशाख, नेपालगन्ज । बाँकेको नरैनापुर गाँउपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरुसँग छलफल गरिएको छ । सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गर्न विदेशी लगानीकर्ताहरुसँग छलफल गरिएको नरैनापुर गााउपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले बताए ।

नरैनापुर गााउपालिकाका अध्यक्ष शाह, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमूना), खजुरा गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष धनिराम ओली, सौर्य उर्जाका विज्ञ भरत विश्वकर्मा लगाएतले भारतीय लगानीकर्ताहरुसँग नयाँ परियोजना सम्बन्धमा शनिबार नेपालगंजमा बृहत छलफल गरेका थिए । नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यहाँ सौर्य ऊर्जा उत्पादन गर्न सके यस पालिकाको मुहारनै फेर्ने स्थानीयहरुले दावी गरेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एकीकृत रुपमा जग्गा उपयोगमा ल्याउन नयाँ परियोजना ल्याएर आम्दानीको स्रोत कायम गर्न विदेशी लगानीकर्तासँग सहकार्य गर्न नरैनापुर अघि बढेको हो । नरैनापुरमा रहेको खाली जग्गालाई एकीकृत रुपमा सबै जग्गा उपभोगमा ल्याउन विदेशी लगानीकर्तासँग सहकार्य गर्न कदम अघि बढाएको नरैनापुरका अध्यक्ष शाहले बताए ।

नरैनापुर सहित बाँके जिल्लालाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब ७० करोड रुपैयाँ लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताए । उनले सरकारी स्तरबाट सहज रुपमा समन्वय भए आफूहरुले निकट भविष्यमा नै नरैनापुरबाट सौर्य उर्जा उत्पादन गरी ‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पुर्याउने जिकिर गरे ।

उक्त परियोजनाबाट सुरुमा १० मेगावाटबाट वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधै ग्रिडमा जोड्ने योजना रहेको लगानीकर्ताको भनाई छ ।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा एक हजार पाँच सय वाट पिक क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँच वर्षे मासिक किस्तामा बैङ्क ऋण पाइने सुविधा छ । यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदान स्वरूप बैङ्कमार्फत उपलब्ध गराउने प्रावधान छ ।

त्यसै गरी केन्द्रीय नवीकरणीय ऊर्जा कोष सञ्चालन निर्देशिका, २०७१ मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तीमा वार्षिक उत्पादित विद्युत्को ५१ प्रतिशत स्वउपयोग गर्ने क्याप्टिभ आयोजनालाई कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजको पाँच वर्षसम्म बढीमा ५० प्रतिशतसम्म ब्याज सहुलियत पाइने उल्लेख छ । यस्तै उत्पादित विद्युत्मा पाँच वर्षसम्म प्रतियुनिट बढीमा एक रुपियाँ पचास पैसा भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) उपलब्ध गराउने व्यवस्था छ ।

  • ७ बैशाख २०८२, आईतवार १९:०१ प्रकाशित
  • Nabintech