६ चैत्र, कोहलपुर । जनप्रतिनिधि र कर्मचारीहरूकालागि नेतृत्व विकास तथा सकारात्मक सोच सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । राप्तीसोनारी गाँउपालिकाको सहयोग तथा कञ्चन प्राविधिक शिप विकास केन्द्रको आयोजना राप्तीसोनारी गाँउपालिकाको सभाहलमा आयोजित २ दिने तालिमको मंगलबार समापन गरीएको हो ।
तालिममा सहभागी जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले तालिमबाट नयाँ ज्ञान तथा शिप आर्जन भएको प्रतिक्रिया दिएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुई दिनसम्म सञ्चालित तालिम आफू तथा कर्मचारीहरूका लागि अति आवश्यक रहेको उल्लेख गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले तालिम निकै प्रभावकारी भएको बताए । “पालिकाको सहयोगमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूको तुलनामा यो कार्यक्रम निकै नै प्रभावकारी भयो” पौडेलले भने ।

तालिमको पहिलो दिन (सोमबार) पूर्व अर्थ सचिव कृष्णहरी बास्कोटाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्थानीय तहको बजेट निर्माण, बजेट तर्जुमा र प्रशासनिक कार्यसम्पादनका विषयमा प्रशिक्षण दिएका थिए । विशेषगरी तालिमकैलागी काठमाण्डौंबाट आएका बास्ककोटाले आफ्ना अनुभव सहित प्रशासनिक कार्यसम्पादनका सन्दर्भमा देखिने समस्या तथा तिनका समाधानका विषयमा समेत प्रशिक्षण दिएका थिए ।
त्यसैगरी तालिमको दोस्रो दिन (मंगलबार) डा. रामचन्द्र लामिछाने र बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रशिक्षण दिएका थिए । लामिछानेले सकारात्मक सोच र बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिकता विधेयकको विषय जनप्रतिनिधी तथा कर्मचारीहरुलाई जानकारी गराएका थिए ।

तालिमबाट आफुहरुमा नयाँ उर्जा प्राप्त भएको पालिका उपाध्यक्ष मनिषा सिंह थारुले बताईन । जनप्रतिनिधीसँगसँगै कर्मचारीलाई समेत विभिन्न समयमा यस प्रकारका तालिम आवश्यक हुने देखिएको भन्दै थारुले आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरुलाई निरन्तता दिनुपर्ने बताईन ।
त्यसैगरी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐरीले समेत कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन ।
५ चैत्र २०८१, बुधबार १४:३८ प्रकाशित