आफ्नै हाेटलमा झुन्डिएको अवस्थामा भेटिए बुढा
  • काँचुली खबर

६ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा हाेटल संचालन गर्दै आईरहेका एक जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन । काेहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानाे बसपार्कमा रहेकाे हाेटलका संचालन आफ्नै हाेटलकाे बाथरुम कोठामा झुन्डिएको अबस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेमा पुरानो बसपार्कस्थित लक्ष्मी दङ्गाली होटलका संचालक ४३ वर्षिय दल बहादुर बुढा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार मृतक बुढा केही महिना अघि भारतबाट फर्किएर श्रीमती र छोरीसँगै बस्दै आएका थिए । तर उनको श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतकका परिवारले यो आत्महत्या नभई हत्या हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको न्यायपूर्ण अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। साथै प्रहरीको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ।

हिजाे भएकाे उक्त घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • ५ चैत्र २०८१, बुधबार ०६:५३ प्रकाशित
  • Nabintech