५ चैत्र, काठमाण्डौं । ट्रकमा २५ करोड रुपैयाँ लिएर हिँडेका एक व्यक्ति समातिएका छन् । आज बिहान काठमाण्डौंको टोखा नगरापालिका-१ स्थित झोर सडकखण्डबाट प्रहरीले ना१ख १६५२ नम्बरको ट्रकसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
ट्रकबाट नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रासमेत बरामद गरेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।
आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
उक्त पैसा चीनको केरुङतर्फ लैजादैँ गरिएको प्रहरीको अनुमान छ । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर ती व्यक्तिलाई सार्वजनिक गरिने प्रहरीको तयारी छ ।
४ चैत्र २०८१, मंगलवार १३:२५ प्रकाशित