वयलगाडामा बहुमुल्य जडीबुटी, भारतीय सिमाबाट बरामद
  • काँचुली खबर

२७ फागुन, बर्दिया । बर्दिया प्रहरीले बहुमूल्य जडीबुटी सुगन्ध कोकिला बरामद गरेको छ । बढैया ताल गाउँपालिका वडा नं २ फुटाहाबाट नेपाल देखि भारत तर्फ लैजाँदै गरेको १० क्विन्टल सुगन्ध कोकिलासहित गोरुगाडा पक्राउ गरेको हो ।

भारतको बलै बजारतर्फ गोरुगाडामा बोरा भित्र राखी कपडाले छोपिएको अवस्थामा लैजाँदै गर्दा शङ्का मानी प्रहरीले चेकजाँच गर्ने क्रममा सुगन्ध कोकिला फेला परेको प्रहरीले जनाएको छ । जुटको २० बोरामा राखिएको थियो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अवैध रूपमा भारत निकासी गर्दै गदा फेला परेको बहुमूल्य जडीबुटीको मूल्य अन्दाजी पाँच लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए । उनका अनुसार नियन्त्रणमा लिइएको जडीबुटी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दिया पठाइएको छ ।

सुगन्ध कोकिला पश्चिम नेपालको पहाडी भूभागमा पाइने बहुमूल्य जडीबुटी हो । यसबाट सुगन्धित तेल निकाली अत्तर, साबुन लगायतका बस्तु उत्पादन गरिन्छ भने तेल निकाले पछि बचेको पदार्थबाट अगरबत्ती लगायतका सुगन्धित सामान बनाउन प्रयोग गरिन्छ ।

औषधीजन्य उपयोगका लागि प्रयोग गरिने सुगन्ध कोकिलालाई स्थानीय भाषामा मालगेडीको नामले चिन्ने गरिन्छ ।

  • २७ फाल्गुन २०८१, मंगलवार १६:४३ प्रकाशित
  • Nabintech