राप्ती नदिमा बोटिङ र र्‍याफ्टिङको सम्भाव्यता अध्ययन
  • काँचुली खबर

१८ फागुन, कोहलपुर । बाँकेमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न निकुञ्जले विभिन्न काम गरिरहेको छ । त्यसै क्रममा निकुञ्जमा पर्यटक भित्र्याउन बाँके निकुञ्जनजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले अगैया क्षेत्रमा राप्ती नदीमा बोटिङ र र्‍याफ्टिङको राम्रो व्यवस्था मिलाउने हो भने ठुलो सङ्ख्यामा भारतीय र नेपाली पर्यटक आकर्षित गर्न सकिने र निकुञ्जमा समेत लैजान सकिने गरी सम्भाव्यता अध्ययन सुरु गरिएको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कँडेलले भने, “कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गराउन खोजिरहेका छौँ तर अहिले पानी कम भएको पायौँ । पानीको सतह बढेपछि सुरु गर्ने गरी अध्ययन गरिरहेका छौँ ।”

यसअघि पनि अगैया क्षेत्रमा बोटिङ र र्‍याफ्टिङको परीक्षण गरिएको र सो परीक्षण सफल भएकाले बोटिङ र र्‍याफ्टिङ सुरु गर्न कुनै समस्या नरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । सोही प्रकारले निकुञ्जमा पर्यटक आकर्षित गर्न निकुञ्जको गिद्धेनी चौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीको समेत व्यवस्था गरिएको संरक्षण अधिकृत कँडेलको भनाइ छ ।

उनले ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउन सके पर्यटन प्रवर्धनमा थप सघाउ पुग्ने पनि बताए । उनका अनुसार निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारी, चुरे हाइकिङलगायत गतिविधि खुला गरिएको छ । पर्यटक हिँड्न दुई सय किलोमिटर वनपथ, वन्यजन्तु हेर्न मचान निर्माण भइसकेको छ ।

बाँकेका पर्यटन व्यवसायी कृष्णलाल चौधरीले चिसापानी गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जानकारी दिँदै यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उल्लेख गरे ।

गाभरको आसपासमा निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकको प्रमुख आकर्षणको थलो बनेको छ । सडक तथा हवाईमार्गसँग प्रत्यक्ष जोडिएको यो निकुञ्ज २०६७ सालमा स्थापना भएको थियो । निकुञ्जभित्र ३४ किसिमका स्तनधारी, तीन सय किसिमका पन्छी, २४ किसिमका घस्रने जनावर र ५५ भन्दा बढी प्रजातिका माछा रहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

  • १८ फाल्गुन २०८१, आईतवार १६:५४ प्रकाशित
  • Nabintech