१८ फागुन, काेहलपुर । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेकाे छ । शनिबार विशेष कार्यक्रमकाे आयाेजना गरि नगर पार्टिले काेहलपुर नगरपालिका भित्र बसाेबास गर्दै आएका ६४ सहिद परिवारलाई सम्मान गरेकाे हाे ।
नेकपा (माओवादि केन्द्र) का स्थायी समिति सदस्य तथा पुर्व मन्त्री महेश्वर गहतराज (अथक) ले सहिद परिवारका सदस्यहरूलाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकाे अथकले १० वर्षे जनयुद्धका क्रममा बलिदान दिएका सबै सहिदहरूलाई राष्ट्रिय सहिद घाेषणा गरीएकाे बताए । माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलाे पटक प्रधानमन्त्री भएकाे समयमै जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घाेषणा गरीए पनि विभिन्न व्यवधानका कारण राजपत्रमा उल्लेख नभएकाे स्मरण गर्दै अथकले प्रचण्ड तेस्राे पटक प्रधानमन्त्री भएपछि सबै सहिदहरूकाे नाम राजपत्रमा प्रकाशित गरीएकाे बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“प्रचण्ड नेतृत्वकाे पहिलाे सरकारले नै जनयुद्धका सबै सहिदहरूलाई राष्ट्रिय सहिद घाेषणा गरेकाे थियाे, तर तत्कालिन कर्मचारीतन्त्रले सहिदकाे लिष्ट लुकाएर राजपत्रमा प्रकाशित नगरेकाे पाईयाे” अथकले भने, “उक्त कुरा थाहा पाए पछि फेरि प्रचण्ड प्रधानमन्त्री भएकाे समयमा सहिद घाेषणा गरी राजपत्रमा समेत प्रकाशित भईसकेकाे छ ।”

सहिदहरूकाे बलिदानकै कारण माओवादिले तीन पटकसम्म सरकार चलाउने अवसर पाएकाे उल्लेख गर्दै अथकले माओवादिकाे नेतृत्वमा बनेकाे सरकारले तमाम भ्रष्टाचारका फाईल खाेलेर भ्रष्टाचारीहरूलाई जेल काेच्न सफल भएकाे दावि गरे । “वाहालवाला मन्त्रीलाई जेल काेच्ने काम चानचुने हाेईन” उनले भने, “प्रचण्ड नेतृत्वकाे सरकारले ईतिहासमै पहिलाे पटक त्याे साहस देखायाे र जरा गाडेर बसेका भ्रष्टहरूकाे जरा उखल्न सफल भयाे ।”
सम्मान कार्यक्रममा सहिद परिवारका सदस्यहरूकाे गुनासाे तथा सुझाव समेत संकलन गरीएकाे नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए । त्यसै गरी उक्त कार्यक्रममा जनयुद्ध दिवसकाे अवसरमा रक्तदान गर्ने रक्तदाता तथा नगर पार्टिलाई सहयाेग गर्ने विभिन्न ब्यक्तिहरूलाई प्रमाणपत्र सहित सम्मान गरीएकाे थियाे ।
१८ फाल्गुन २०८१, आईतवार ११:४७ प्रकाशित