बाँकेमा ‘तराई-मधेस जागरण अभियान’लाई भब्य बनाउने माओवादीको निर्णय
  • काँचुली खबर

१६ फागुन, कोहलपुर । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले चैत्र ४ गते बाँकेमा हुने ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ भब्यताकासाथ सफल पर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेको बिस्तारित बैठकले अभियानको तयारी तिब्र पार्ने निर्णय गरेको जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’ले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले सुरु गरेको जागरण अभियान अन्तर्गत पुष्पकमल दाहाल (प्रचण्ड) सहितको टिम चैत्र ४ गते बाँके आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सबै नेता, कार्याकर्तालाई वडास्तरबाटै लाग्न कार्यविभाजन समेत गरीएको पाण्डेले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आगामी कार्ययोजना तथा पार्टी सुदृढीकरण गर्न र जनताको लोकप्रिय पार्टी निर्माण गर्न बिभिन्न योजना लिएर पार्टी निर्माणमा लाग्न वडा तथा पालिका समितिलाई विशेष निर्देशन गरीएको पाण्डेले बताए ।

अभियान अन्तर्गत चैत्र ४ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर १ कुसुमबाट जनभेटघाट हुँदै राप्तीसोनारीको फत्तेपुरमा बृहत जनसभा हुने र उक्त जनसभामा १० हजार बढी नेता, कार्याकर्ता तथा शुभचिन्तक उपस्थिति हुने संयोजक पाण्डेले बताए । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने छन ।

अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताईएको छ । टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप-महासचिवका साथै सांस्कृतिक टोली रहनेछन्। केन्द्र प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन् ।

अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको नेकपा माओवाद केन्द्र बाँके इन्चार्ज पुर्णकुमारी सुवेदीले जानकारी दिईन ।

बैठकमा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, स्थायी समिति सदस्य महेश्वरजंग गहतराज (अथक), केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सचिव प्रकाश, सह-सचिव अकल बहादुर बम, सदस्य गेहराज शर्मा ‘नबिन’, पालिका अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्ष, पदाधिकारी, आस्थाका संगठनका पदाधिकारी र पालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

  • १६ फाल्गुन २०८१, शुक्रबार १८:२० प्रकाशित
  • Nabintech