प्रमाण लिएर आउन मेयरलाई सीडीओको चुनौती
  • काँचुली खबर

१६ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

हिजोमात्र गृह मन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई मेयर आचार्यले नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मेयर आचार्यको स्टाटसलाई लिएर सीडीओ रिजालले प्रतिक्रिया दिएका छन । मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको रिजालले बताए ।

उनले भने, ‘उसले भनेको स्कूलमा सेन्टर परेन । उसको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेको हो ।’

रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।

बाँकेका सिडिओमाथी मेयरको संगिन आरोप, के हो वास्तविकता ?

‘मैले मेयरलाई प्रमाण ल्याएर आउन भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेन भने कानूनी कारवाही गर्छु’, सीडीओ रिजालले भने ।

मेयर आचार्यले आफूले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि आफ्नो चरित्र हत्या गर्न खोजेको रिजालको भनाई छ ।

नेपालप्रेसबाट

  • १६ फाल्गुन २०८१, शुक्रबार १७:२७ प्रकाशित
  • Nabintech