मगर एकता दिवस काेहलपुर भब्यरूपमा मनाईयाे
  • काँचुली खबर

१६ फागुन, काेहलपुर । ४३औ नेपाल मगर राष्ट्रिय एकता दिवस काेहलपुरमा पनि भव्यताकासाथ मनाइएको छ । कोहलपुर नगरपालिकाको सहयाेगमा नेपाल मगर संघ कोहलपुर नगर कार्यसमितिले दिवसका अबसरमा बिहिबार कोहलपुर ११ गोलपार्कमा भब्य कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

११ बजेबाट चौराहाबाट सुरु भएको र्याली नगर परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेकाे थियाे । साँस्कृतिक पहिरनमा सजिएका सहभागिहरूले झाँकि समेत प्रस्तुत गरेका थिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुति भएका थिए ।

हरेक वर्ष झै यस वर्ष पनि मगर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो पर्व मनाइएको नेपाल मगर संघ कोहलपुर नगर समितिका अध्यक्ष कृष्णबहादुर पुन मगरले बताए ।

कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख, स्थानिय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • १६ फाल्गुन २०८१, शुक्रबार ०७:२० प्रकाशित
  • Nabintech