ब्राउनसुगर र चरेस सहित नेपालगन्जबाट ३ जना पक्राउ
  • काँचुली खबर

१३ फागुन, नेपालगन्ज । बाँके प्रहरीले भारतीयसहित तीन जनालाई ठूलो मात्रामा ब्राउनसुगर र चरेशसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार भारतीय नागरिकबाट ७ सय २२ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर र दुई जना नेपालीको साथबाट ४ किलो २ सय २० ग्राम चरेश बरामद भएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, इट्टाभट्टास्थित भारतबाट नेपालतर्फ आइरहेका भारत बहराइच काजीपुरुवाका २१ वर्षीय अल्वक्स खाँको साथबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो ।

खाँ ब्राउनसुगर बोकेर नेपालमा बिक्री वितरणका लागि आइरहेका थिए ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, बसपार्कस्थित सु.प.प्र. ०१-०११ प १८५५ नम्बरको स्कुटरमा रहेका कालिकोट खडाचक्र नगरपालिका वडा नं. १० का ३५ वर्षीय विक्रम शाही र भक्तबहादुर शाहीको साथबाट चरेश बरामद भएको छ ।

विक्रमले चलाएको स्कुटरमा पछाडी बसेका भक्तबहादुरले बोकेको झोलामा चरेश बरामद भएको प्रहरीले जनाएको छ । पहाडी जिल्लामा उत्पादन हुने चरेश नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ । त्यस्तै, भारतबाट ब्राउनसुगर नेपालगन्ज हुँदै अन्य ठाउँमा लैजाने गरिन्छ ।

  • १३ फाल्गुन २०८१, मंगलवार १६:१७ प्रकाशित
  • Nabintech