काेहलपुरमा सफ्टवेयर सम्वन्धि क्षमता अभिबृद्धि तालिम सुरू
  • काँचुली खबर

११ फागुन, काेहलपुर । बाँकेको कोहलपुरमा हारती सफ्टवेयर सम्वन्धि क्षमता अभिबृद्धि तालिम आईतवार देखि सुरू भएकाे छ । हेफर ईन्टरनेशनलको सहयोग तथा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) चितवनको आयोजनामा तीन दिने तालिम सुरू भएकाे हाे ।

बाँके, बर्दिया, सुर्खेत, सल्यान, प्युठान लगाएत नेपालगञ्ज कलस्टर अन्तरगतका २२ उद्यमी सहकारीहरुका २५ जना प्रबन्धक तथा लेखापालहरुलाई सेवा नेपालले तीन दिने लेखा सफ्टवेयर सम्वन्धि तालिमको शुभारम्भ गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सेवा नेपालका अध्यक्ष टिका कुमारी अधिकारीले तालिम शुभारम्भ गर्दै देशभरका उद्यमी सहकारीहरुलाई गोलबद्ध गर्न चाहेको बताउदै विभिन्न कारणले सवैलाई समेट्न नसकेपनि हाल ३ सय १८ सहकारीलाई समेट्दै महिलाहरुलाई स्वावलम्वन बनाउन योगदान गरेको जानकारी दिईन ।

उनले ३० प्रतिशत पुरुष रहेका उद्यमी सहकारीहरुलाई पनि सेवा नेपालमा आबद्ध गराउने संस्थाले रणनिति अख्तियार गरेको उल्लेख गर्दै सेवा नेपालमा आवद्ध उद्यमी सहकारीहरुलाई विभिन्न खाले प्राविधिक सहयोग गर्ने वचनबद्धता ब्यक्त गरेकी छिन ।

”कृषि उद्यममा महिलाको हात उत्पादन र वजारीकरणमा सेवाको साथ” भन्ने मुल मन्त्रकासाथ देश ब्यापि आफनो कार्यक्रम सञ्चालन गर्दै आएको सेवा नेपालले आयोजना गरेको हारती लेखा सफ्टवेर तालिममा हारती टेक्नोलोजिका प्रबन्ध निर्देशक गम्भिर मर्हजन र सेवा नेपालका वित्त तथा लेखा अधिकृत श्री कुमार श्रेष्ठले प्रशिक्षण तथा सहजिकरण गर्ने कार्यक्रम तय गरिएको सेवा नेपालका नेपालगञ्ज कलष्टर अधिकृत गोपि पुडासैनिले बताए ।

”भोकालाई एक छाक भोजन होईन जीउने जुक्ति सिकाऔं” भन्ने सेवा नेपालको सिद्धान्त अनुरुप आयोजित तालिम सेवा नेपालको एपेक्स वढि सवलिकरण परियोजना अन्तरगत दोस्रो चरणको परियोजना भएको सेवा नेपाल चितवनले जनाएको छ ।

  • ११ फाल्गुन २०८१, आईतवार १०:५० प्रकाशित
  • Nabintech