खैरो हेरोइनसहित कोहलपुरबाट तीन जना पक्राउ
  • काँचुली खबर

२७ माघ, कोहलपुर । कोहलपुरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ बिकासनगरका २६ वर्षीय टीकाराम सुनार, कोहलपुर-११ की २० वर्षीया सपना सिंह ठकुरी र कोहलपुर-२ आनन्द नगरका २७ वर्षीय चित्र बहादुर थापा रहेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

छुट्टाछुट्टै पक्राउ परेका उनीहरु मध्ये लागुऔषध ब्यूरो र कोहलपुर प्रहरीको टोलीले शनिबार साँझ ६ बजे कोहलपुरबाट टीकाराम र सपनालाई ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दुबै जनासँगै रहेको अवस्थामा टीकारामको गोजीबाट उक्त खैरो हेरोइन बरामद गरिएको हो ।

त्यस्तै शनिबार साँझ साढे ७ बजे कोहलपुर-२ सालको बुटाबाट संयुक्त टोलीले चित्र बहादुरलाई २ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

चित्र बहादुरलाई पनि विशेष सूचना पाएर गएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  • २७ माघ २०८१, आईतवार १२:४१ प्रकाशित
  • Nabintech