२० माघ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ टांगा स्टेशन नजिक गत असार २८ गते राति भएको एक युवकको हत्या घटनामा प्रहरीले फरार एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनाका जाजरकोट कुसे गाउँपालिका-८ का २३ वर्षीय फरार अभियुक्त जगत सिंह ठकुरीलाई नेपालगञ्जमा आएको अवस्थामा गएराति पक्राउ गरेको जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँके प्रहरीको टोलीले ठकुरीलाई गएराति १० बजे नेपालगञ्ज-४ बसपार्कस्थित अछामी गेस्ट हाउसबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता डिएसपी आयुश प्रसाद जोशीले बताए ।
डिएसपी जोशीका अनुसार पक्राउ परेका ठकुरीसँग घटनाका बारेमा थप अनुसन्धान सुरु भइरहेको छ । उक्त घटनामा अरू पनि रहेको बताइएको छ ।
गत असार २८ गते राति करिब पौने ११ बजे नेपालगञ्जको टांंगा स्टेशन नजिक दुई समूहबीच ग्याङफाइट भइरहेको थियो । उक्त झगडा छुट्टाउन गएका ३८ वर्षीय इरसाद राई कबडियालाई ठकुरीको समूहले खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा असार २९ गते बिहान अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा ठकुरीको टोलीले इरसादको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
२० माघ २०८१, आईतवार १३:१५ प्रकाशित