प्रादेशिक महोत्सव : सूचना प्रविधिमा विद्यार्थीको आकर्षण
  • काँचुली खबर

१८ माघ, नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ भित्र जारी वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ ।

क्यान महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको महोत्सवमा सूचना प्रविधिबारे जानकारी लिन नेपालगन्जका विभिन्न कलेज र विद्यालयका विद्यार्थी सहभागी भएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेको अध्यक्ष जोशी बताउँछन् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी विश्वविद्यालय-कलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका सचिव रमेश क्षेत्रीले बताए ।

उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम १५-२५ प्रतिशतसम्म छुट र २०० वटा विद्यालयबाट लक्कीड्र बाट १ विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड उपहार दिने घोषणा गरेको क्षेत्रीले बताए ।

इन्फोटेकका अवलोकनकर्ताका लागि आइटी पढ्न चाहने विद्यार्थीहरुलाई १०-१०० प्रतिशतसम्मको छात्रवृत्ति दिने लुम्बिनी विश्वबिद्यालय र नेपालगन्ज क्याम्पसले घोषणा गरेका छन् । महोत्सवमा सूचना प्रविधिका २८ वटा स्टल छन् ।

प्रादेशिक महोत्सवका प्रचार संयोजक डम्बरबहादुर चन्द सूचना प्रविधिका स्टलमा नयाँ-नयाँ प्रविधि समावेश गरेकाले युवा र विद्यार्थीलाई बढी भन्दा बढी लाभ मिल्ने बताउँछन् । संयोजक चन्द सूचना प्रविधि सम्बन्धीको बारेमा जानकारी लिन चाहने सबैलाई महोत्सव अवलोकन गर्न पनि आग्रह गर्छन् ।

  • १८ माघ २०८१, शुक्रबार १४:२६ प्रकाशित
  • Nabintech