९ माघ, कोहलपुर । बाँकेमा बाघले फेरी एक जनाको ज्यान लिएको छ । राप्तीसोनारी गाउँपालिका ८ को भगवती सामुदायिक बनमा बाघले आक्रमणम गर्दा ओभरीकी ६३ वर्षिय सेती बुढाको ज्यान गएको छ ।
बाघले खाएको अवस्थामा बुढाको शव फेला परेको स्थानियले बताएका छन । स्थानिय प्रहरीका अनुसार बुधबार बिहान घाँस काट्न गएकी बुढालाई बाघले आक्रमण गरेको थियो । तर दिउँसो ३ बजे मात्र स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको लास पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।
घटनाबारे थप बिवरण आउन बाँकी छ ।
९ माघ २०८१, बुधबार १७:३६ प्रकाशित