फत्तेपुर सडक दुर्घटना : १३ लाखमा मिल्यो कुरा
  • काँचुली खबर

५ माघ, बैजापुर । बाँकेको फत्तेपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारले १३ लाख रुपौयाँ क्षतिपूर्ती पाउने भएका छन । २ जना युवाको ज्यान जाने गरी भएको दुर्घटनाको ५औं दिनमा पिडित र पिडक पक्ष बिच क्षतिपुर्तीमा कुरा मिलेको हो ।

आज शनिबार भएको छलफलमा सहभागी राप्ती सोनारी-७ का वडा अध्यक्ष रामलखन थारुले ६ लाख ५० हजारको दरले मृतकद्धयलाई १३ लाख क्षतिपुर्ती दिने र पोष्टमार्टम गर्दा लाग्ने सम्पुर्ण खर्च बस व्यवसायी समिति र बस धनीले ब्यर्होने भएपछि सहमती भएको जानकारी दिए ।

सहमती भएपछि मृतकका आफन्तले शव बुझेर आजै अन्तिम संस्कार गर्ने तयारी गरेका छन ।

बाँकेकाे फत्तेपुरमा सडक दुर्घटना हुँदा दुइकाे मृत्यु

गत माघ १ गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी-७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय राजेश थारुको मृत्यु भएको थियो । मृतकद्धय एकै घरका काका र भतिज हुन ।

घटनापछि मृतकका परिवार र स्थानीय बासिन्दाले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।

  • ५ माघ २०८१, शनिबार १६:१६ प्रकाशित
  • Nabintech