लुम्बिनी प्रदेशमा भोली र पर्सी सार्वजनिक बिदा
  • काँचुली खबर

२९ पुस, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले पर्सि (माघ २ गते) सार्वजनिक बिदा दिएको छ । थारु समुदायको प्रमुख चाड माघी (माघे संक्रान्ति) पर्वको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०-१२-२० गतेको निर्णयानुसार २०८१ माघ २ गते बुधबार माघी-माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइएको छ । यता, संघीय सरकारले भोलि माघ १ गते राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिएको छ ।

यो निर्णयसँगै लुम्बिनीमा भोली र पर्सी दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ ।

  • २९ पुष २०८१, सोमबार १७:५६ प्रकाशित
  • Nabintech