२१ पुस, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ।
संघले पूजा महतोको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, क्रिश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसाकुमारी यादव छन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गत महीना भएको यू-१९ एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो। यू-१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेशियामा हुँदै छ। प्रतियोगितामा १६ टोली सहभागीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल रहेको समूह ‘डी’ मा बाङ्लादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। नेपालले पहिलो खेल माघ ५ गते बाङ्लादेशसँग खेल्नेछ। त्यसैगरी, दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ।
२१ पुष २०८१, आईतवार १५:१९ प्रकाशित