४ पुस, नेपालगन्ज । बाँकेका विभिन्न स्थानीय तहमा पछिल्लो समय बेथिति बढ्दै गएको पाइएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको भनी १०२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि बेथिति बढेको देखिएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को मङ्सिर मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको उल्लेख गरेर परेका उजुरीमध्ये ६१ वटा उजुरीको छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेशबहादुर अधिकारीले चालु आर्थिक वर्षको पाँच महिनामा बाँकेका परेका उजुरीमध्ये ४१ वटा फर्स्योट गरिसकिएको र ६१ वटाको छानबिन भइरहेको बताए ।
उनले अघिल्लो आर्थिक वर्षबाट सरेर आएको समेत गरी १०२ वटा भ्रष्टाचारका उजुरी पुगेकोमा हालसम्म ४१ वटा फर्स्योट गरिएको जानकारी दिए ।
४ पुष २०८१, बिहीबार १२:३० प्रकाशित