२२ मंसिर, काेहलपुर । बाँकेकाे बैजनाथ गाउँपालिकाका ४ वटा वडालाई आफ्नो कार्यक्षेत्र बनाई लघुउद्यम विकासमा सहजिकरण गरिरहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । शनिवार बैजनाथ ३ मा रहेको खुल्ला मैदानमा संस्थाकाे साधारणसभा आयाेजना गरीएकाे थियाे ।
गत असार मसान्तसम्ममा संस्थाले गरेका वित्तीय विवरणहरुको दस्तावेज सहित आयोजित साधारण सभालाई कार्यक्रमका प्रमुख अतिथी एवं वैजनाथ गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष प्रेम वहादुर शाहिले उद्घाटन गरेका थिए ।
उदघाटन शत्रमा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष शाहिले अन्य सहकारीका तुलनामा पृथक उद्धेश्य र मुल्य मान्यतामा सञ्चालित सहकारीले जनतामाझ उद्यमी सहकारीको पहिचान वनाउन सकेको भन्दै सहकारीहरुले स्थानिय स्तरमा गरेको योगदानमा वैजनाथ सामाजिक उद्यमी सहकारीको योगदान अतुलनिय रहेको उल्लेख गरे ।
शाहिले स्थानिय स्तरका सहकारी छोडेर वचतमा व्याजको लालचमा जिल्ला वाहिर दर्ता रहेर सेवा केन्द्र मार्फत सेवा दिने सहकारीमा कारोवार गर्दा सदस्यहरुले धोखा पाउने गरेको चर्चा गर्दै उनले सहकारीमा कारोवार गर्नपुर्व सहकारीका सञ्चालक, शेयर दिने प्रक्रिया लगाएत यथेष्ट पहिचान गरेर मात्र कारोवार थाल्नु वुद्धिमता हुनेमा जिकिर गरे ।
वैजनाथका ग्रामिण ईलाकामा पुगेर व्यवसायीक वाख्रापालन, आधुनिक खोर निर्माण तथा भैंसिपालनका अलावा व्यवसायीक लघुउद्यम व्यवसायमा वजारीरण समेत गरिरहेको वैजनाथ सहकारीले महिलाहरुलाई अरुको कमाईलाई आश गर्ने परिपाटिलाई केहि हद सम्म चिरेको वताउदै यस्ता किसानहरुलाई गाउँपालिकाले समेत किसानसंग पालिका कार्यक्रम लागु गरेकाले उद्यमी सहकारीहरुलाई यस्ता कार्यक्रमको लाभ लिन आव्हान समेत गरे । वडामा समेत यस्ता किसान र कृषिका कार्यक्रम आउने गरेको उल्लेख गरेका वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी शाहिले उद्यमी सहकारीहरुले कार्यक्रमसंग किसानहरुलाई जोडन पुलको काम गर्नुपर्ने धारणा राखे ।
संस्थाका अध्यक्ष कमला बुढाको अध्यक्षतामा आयोजित चौथो साधारण सभामा जिल्ला सहकारी संघ बाँकेका सञ्चालक कृष्ण रिजाल, राष्ट्रिय सहकारी वैंक कोहलपुरका ओम प्रसाद पाण्डे, उत्पिडित सामुदायिक विकास केन्द्र ओसिडिसिका निर्देशक रवि रोकाय लगाएत अतिथीहरुले उद्यमशिल सहकारीका १२ आधारशिला र सामाजिक उद्यमी सहकारीले समुदायमा अवलम्वन गरेको नीति तथा कार्यक्रमकावारे चर्चा गरेका थिए ।
सहकारीका उपाध्यक्ष लिला कुमारी शाहि चन्दको स्वागत मन्तव्यसंगै शुभारम्भ गरिएको साधारण सभा उदघाटन सत्रमा सहकारीका अध्यक्ष कमला बुढाले सहकारीको वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिईन । संस्थाका प्रवन्धक प्रमोद रिजालले संस्थाको आय व्यय, लेखा परिक्षण प्रतिवेदन एवं संस्थाको आगामि वजेट कार्यक्रम तथा नीति पेश गरेका थिए । दुवैजनाले पेश गरेको प्रतिवेदन वहुमतले पारित भएको संस्थाका सचिव शारदा शाहले जानकारी दिईन ।
सभाले रिक्त दुई सञ्चालक पदमा वैजनाथ वडा नं। २ वाट मञ्जु रिजाल र हरिमाया सुनारलाई सर्वसम्मत चयन समेत गरेको छ । यसैगरि साधारण सभाले समायनुकुल हुने गरि सहकारीको विनियम, लगानि असुलि, वचत तथा आर्थिक एवं प्रशासनिक कार्यविधि वहुमतले संसोधन गरि पारित गरेको छ ।
हेफर ईन्टरनेशनलको सहयोग उत्पिडित सामुदायिक विकास केन्द्र र सेवा नेपाल संगको सहकार्यमा २०७७ सालमा स्थापना भएको सहकारीले मंशिर २० गते सम्म आईपुग्दा आफना आर्थिक सुचकहरुमा छलागं मारेको संस्थाको दावि रहेको छ । यस अवधि सम्म आई पुग्दा संस्थाले सदस्य संख्यालाई स्थिर राख्दै वचत तथा कर्जालाई बढोत्तरी गर्दै वचततर्फ करिव ८३ लाखले उकालो लागेको जनाएको छ ।
यसैगरि यो अवधिमा ६० हजार नाफा कमाउन सफल रहेको संस्थाको उठाउन वाँकी कर्जा १ करोड १९ लाखले बृद्धि गरेको छ । अघिल्लो बर्षको तुलनामा यो दोव्वर रहेको सहकारीका सचिव शाहको दावि छ । कुल शेयर सदस्य एक हजार ५ सय पैंसठ्ठी रहेको सहकारीमा शेयर पुँजी भने ३२ लाख ४५ हजार २ सय रहेको छ । वाह्य कर्जा ५ लाखको हाराहारीमा भएको सहकारी संस्थाको भाखा नाघेको कर्जा भने शुन्य रहेको छ ।
२२ मंसिर २०८१, शनिबार १७:४९ प्रकाशित