७ मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्था तथा सबै अस्पताललाई बिरामीलाई उपचार गर्दा १० प्रतिशत अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन गरेको छ ।
नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले एक सूचना जारी गर्दै नेपालगन्ज उपमहानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्था तथा सबै अस्पताललाई सामुदायिक निजी तथा ट्रष्ट वा लोककल्याणकारी संस्थाले सञ्चालित स्वास्थ्य संस्थाहरुले कुल सेवाग्राही तथा शैयाको कम्तीमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायतका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा प्रदान गर्न निर्देशन गरेका हुन ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
सूचनामा नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था अनुसार तथा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ को उपदफा १ बमोजिम १० प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न निर्देशन गरिएको हो ।

कुल सेवाग्राही तथा शैयाको कम्तीमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा गर्नुपर्ने व्यवस्था रहेको र त्यसलाई कार्यान्वयन गर्नका लागि पटक पटक पत्राचार भएकोमा उक्त सेवाबाट विपन्न नागरिकहरु वञ्चित भएको भन्ने गुनासो प्राप्त भएको हुँदा सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थाहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पुनः जानकारी गराइएको र अब उप्रान्त अन्यथा भएमा उपमहानगरले नियमानुसार कारबाहीसमेत गरिने सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा नेपालगन्ज ‘अस्पताल हब’ बन्दै गएको छ । नेपालगन्जमा निजी तथा सामुदायिक अस्पतालहरु दैनिक रुपमा खुल्ने क्रम जारी छ । नेपालगन्जमा रहेका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुको उपमहानगरपालिकाले समय समयमा अवलोकन, निरीक्षण तथा कारबाही गर्दै आएको छ ।
     ७ मंसिर २०८१, शुक्रबार १५:०१ प्रकाशित