२१ कात्तिक, तुलसीपुर । तिहारका लागि बालिएका झिलिमिली बत्ती (झालर) निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको बुधबार बिहान बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
बिहान ११ बजे किशोरलाई तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२१ कार्तिक २०८१, बुधबार १४:४९ प्रकाशित