बलात्कार आराेपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले हिरासतभित्रै आत्महत्या गरे
  • काँचुली खबर

१२ कात्तिक, काेहलपुर । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।  प्युठान बडडाँडा घर भएका  प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला  परेको जल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले बताए । दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई  बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।

  • १२ कार्तिक २०८१, सोमबार ११:०९ प्रकाशित
  • Nabintech