कोहलपुर नगरपालिकाद्धारा प्लाष्टिकका मालामा प्रतिवन्ध
  • काँचुली खबर

५ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार प्लाष्टिकका मालाहरुको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध गरिएको हो ।

तिहार लगायतका चाडपर्वमा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने भएकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले अनुरोध गरेका छन् ।

‘प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले स्थानीय कृषकबाट उत्पादित फुलले समेत बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्या देखिने गरेका छन्’ उनले भने ‘त्यसैले कोहलपुर नगरपालिका सहितका स्थानीय कृषकहरुले उत्पादन गरेका सयपत्री तथा मखमली लगायतक फुलहरुको प्रयोग गर्न अनुरोध गर्दछौं ।’

  • ५ कार्तिक २०८१, सोमबार १४:५२ प्रकाशित
  • Nabintech