मानववस्ति नजिक शवदाह गृह निर्माण नगर्न स्थानियकाे आग्रह
  • काँचुली खबर

२ कात्तिक, काेहलपुर । बाँकेकाे काेहलपुरमा निर्माण गर्ने भनिएकाे शवदाह गृहकाे निर्माण कार्य राेक्न स्थानियहरूले माग गरेका छन । शुक्रबार काेहलपुर नगरपालिका ११ नं. वडा कार्यालयलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न नहुने भन्दै बिराेध जनाएका हुन ।

काेहलपुर नगरपालिका वडा नं. ११ नयाँवस्तिका स्थानियहरूले वस्ति नजिक शवदाह गृह निर्माण हुदा आफुहरूलाई शारीरिक तथा मानसिक असर पर्ने भन्दै उपर्युक्त ठाउमा शवदाह गृह सार्न आग्रह समेत गरेका छन ।

वडा नं. ११ का वडाध्यक्ष कल्पना अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै स्थानियहरूले आफुहरूसँग कुनै समन्वय नगरेरै शवदाह गृहकाे शिलान्यास गरीएकाे भन्दै आपत्ति समेत जनाएका थिए ।

मानववस्ति नजिक शव जलाउँदा त्यसबाट निस्कने दुर्गन्धले स्थानियलाई प्रत्यक्ष असर गर्ने उल्लेख गर्दै एक स्थानियले भने, “शव जलाउदा आउने दुर्गन्ध र दिनहुँ मानव वस्तिबाट शव लिएर जाँदा यहाँका स्थानियलाई शारीरिक तथा मानसिक समस्या हुन सक्छ ।” उनले सबैलाई पायक पर्ने स्थान चयन गरेर शवदाह गृह सार्नुपर्नेमा स्थानियहरूकाे एकमत रहेकाे समेत जानकारी दिए ।

गत असाेज २० गते कोहलपुर नगरपालिका ११ मा पर्ने डुडुवा र रोहिनी खोलाको दोभानमा निर्माण गर्ने भनिएकाे शवदाह गृहकाे शिलान्यास गरीएकाे थियाे ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, तथा शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले
संयुक्त रूपमा शवदाह गृहको शिलान्यास गरेका थिए ।

  • २ कार्तिक २०८१, शुक्रबार १४:४२ प्रकाशित
  • Nabintech