२५ असाेज, कोहलपुर । बुधबार बाँकेकाे काेहलपुरमा भएकाे सडक दुर्घटनामा गम्भीर घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ । काेहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत वालविद्या चाेकमा भएको दुर्घटनामा परी सख्त घाईते भएकी मनिषा रोकाको निधन भएको उनको पारीवारीक स्रोतले जानकारी दिएकाे छ ।
भारतको लखनउ स्थित देभिना हस्पिटलमा उपचारको क्रममा रोकाको निधन भएको हो ।
असोज २३ गते काठमाण्डौबाट नेपालगञ्जकालागि छुटेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प ६१४० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा खजुरा गाउँपालिका वडा नं. २ वस्ने २२ वर्षका तेज विक्रम मल्ल र सोहि माेटरसाईकलमा सवार उनकी पत्नी मनिषा रोका सख्त घाईते भएका थिए ।
दुर्घटनामा मल्लकाे टाउकाेमा चाेट लागेकाे थियाे भने उनकी श्रीमती समेत गम्भीर घाईते भएकी थिईन । काेहलपुरस्थित काैशिल्या अस्पतालमा फार्मेसी असिस्टेन्टका रूपमा कार्यरत राेकालाई उपचारकालागी लखनउ लगिएकाे थियाे । मृतकका श्रीमानकाे पनि लखनउमै उपचार भईरहेकाे छ ।
२५ आश्विन २०८१, शुक्रबार ११:४६ प्रकाशित