काेहलपुरमा शवदाह गृहकाे शिलान्यास, ग्लोवल बैंकद्वारा ५० लाख सहयाेग
  • काँचुली खबर

२० असाेज, काेहलपुर। बाँकेकाे काेहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण कार्य अगाडि बढाईएकाे छ । कोहलपुर नगरपालिका ११ मा पर्ने डुडुवा र रोहिनी खोलाको दोभानमा निर्माण गरीने शवदाह गृहकाे आईतबार शिलान्यास गरीएकाे छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, तथा शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले
संयुक्त रूपमा शवदाह गृहको शिलान्यास गरेका हुन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले करिब १ करोड २५ लाख बढिकाे बजेट अनुमान गरीएकाे शवदाह निर्माणपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताए ।

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यस गरिएको शवदाह गृह निर्माण समितिक संयोजक चक्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइने छ ।

त्यहाँ मलामीहरु बस्नका लागि संरचना बनाइने छ भने सौचालयको पनि व्यवस्थापन गरिने अधिकारीले जानकारी दिए ।

अधिकारीका कोहलपुर शवदाह गृह निर्माणकालागि ग्लोवल बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ भने एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

  • २० आश्विन २०८१, आईतवार १०:०६ प्रकाशित
  • Nabintech