झ्याप्लेखोलामा दुई वटा गाडि पुरीए, १४ जनाको शव निकालियो
  • काँचुली खबर

१२ असोज, काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

  • १२ आश्विन २०८१, शनिबार २०:४२ प्रकाशित
  • Nabintech