जनविश्वास सहकारीको २२औं साधारणसभा सम्पन्न
  • काँचुली खबर

५ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनविश्वास बहुमुखी सहकारी संस्थाले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएको हो ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य ढकालले साधारणसभाको उद्घाटन गरेका थिए । उद्घाटनशत्रमा बोल्दै प्रमुख अथिती ढकालले पछिल्लो विषम परिस्थितीमा समेत संस्थाले आफ्नो विश्वास टुट्न नदिई शेयर सदस्यहरुको मन जित्न सफल भएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत थप सफलताको शुभकामना दिएका थिए ।

पछिल्लो समय ठुला र धेरै लगानि गरेका भनिएका सहकारीहरू धारासायी भएर दिनप्रतिदिन भाग्ने क्रम बढिरहेको प्रसंग उठाउँदै ढकालले सहकारीबाट ठगिएका ब्यक्तिहरूको पक्षमा आफुले निरन्तर रूपमा सँसदमा आवाज उठाईरहेको बताए । उनले आफु संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य समेत रहेको उल्लेख गर्दै समितिले सहकारी सम्बन्धि कडा कानुन निर्माणकालागी आवश्यक तयारी गरीरहेको दावी समेत गरे ।

उनले देशैभर सहकारीबाट ठगिएका बचतकर्ताहरूलाई उनिहरूको पैसा फिर्ता गराउने प्रक्रिया अगाडि बढेको दावि गर्दै ढिलो चाँडो सबैले न्याय पाउने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा, कोहलपुर नगरपालीकाका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप-शाखा प्रमुख अग्नी आचार्य, उद्योग वाणिज्य संघ कोहलपुरका उपाध्यक्ष चण्डी प्रसाद गैरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

 

कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी शुरसा कुमारी बुढा तथा बचतकर्तातर्फ शिशिर बिक र पूर्ण प्रसाद पोखरेलाई सम्मान गरीएको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले वार्षिक प्रतिवेदन तथा बजेट, नीति र कार्यक्रम पेश गरेका थिए । बन्दसत्रमा उक्त प्रतिवेदन पारित गरीएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधब पोखरेलले जानकारी दिए ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न ठाउँमा आफ्नो कार्यक्षेत्र विस्तार गरी सेवा प्रवाह गर्दै आएको उक्त सहकारीले अहिले कोहलपुरसँगै सम्झना र हवल्दारपुर सेवा केन्द्रबाट पनि सेवा प्रवाह गर्दै आईरहेको छ ।

सहकारीले यस वर्ष सम्पुर्ण खर्च कटाएर २८ लाख ७३ हजार ५६३ रुपैयाँ नाफा गर्न सफल भएको पोखरेलले बताए ।

  • ५ आश्विन २०८१, शनिबार १९:३० प्रकाशित
  • Nabintech