राप्तिसाेनारी सडक दुर्घटना : मृतककाे सँख्या तीन पुग्याे
  • काँचुली खबर

साँकेतिक तस्बिर ।

३ असाेज, काेहलपुर । बाँकेमा भएकाे माेटरसाईकल दुर्घटनामा थप एक जनाकाे निधन भएकाे छ । बुधबार बेलुका बाँकेकाे राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियाे । दुर्घटनामा घाईते भएका थप एक जनाकाे मृत्यु भएसँगै ज्यान गुमाउनेकाे सँख्या तीन पुगेकाे छ ।

बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगंज अगैया हुलाकी सड्क खण्डमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाईकल ठोकिँदा २ जनाको मुत्यु भएको थियाे ।

दुर्घटनामा घाईते भएका अजय चौधरीकाे उपचारकाे क्रममा गएराती मृत्यु भएकाे छ । नेपाल राष्ट्रिय मा.वि धामपुरमा कार्यरत चाैधरीकाे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

यसअघि बुधबार राति नै रामशरण थारू र बसन्त थारूकाे मृत्यु भएकाे थियाे ।

वलीका अनुसार दुर्घटनाका थप दुई जना घाइतेकाे नसिङ्ग होम नेपालगञ्जमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा अजय चाैधरी, संगिन थारु र संजय थारु रहेकाेमा अजयकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

घाइतेहरुको मुख र हातमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

  • ३ आश्विन २०८१, बिहीबार ०७:०२ प्रकाशित
  • Nabintech