पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले यादवलाई १ लाख १० हजार रुपैयाँसहित पक्राउ गरेको हो । यादवलाई वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित घरबाट घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
धोबिनी गाउँपालिकामा भएको विकास निर्माण तथा समाजिक विकास कार्य वापत चेक दिने क्रममा यादवले कमिशनको रकम बुझ्दै गर्दा उनी पक्राउ परेका हुन । कमिशनको रकम आफ्नै घरमा बुझिरहेको गोप्य सुचना आएको अधारमा अख्तियार र जिल्ला प्रहरी तथा सञ्चारकर्मीसहितको टोलीले छापामार्दा यादव पक्राउ परेका छन् ।
यादव पर्साको नापी कार्यालय, पोखरिया अस्पताललगायतका कार्यालयहरुमा लेखापालको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
११ श्रावण २०७५, शुक्रबार १५:०२ प्रकाशित