एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रथम सफल सगरमाथा महिला आरोही पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘ल्हामू क्रेटर’ नाम दिइएको हो।
यसबाट विश्वका अनगिन्ती महिलालाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको विश्वास लिएको छ । सामाजिक सञ्जालमार्फत् भनिएको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्छ ।’
२२ श्रावण २०८१, मंगलवार १६:५९ प्रकाशित