कोहलपुरका ब्यापारीद्धारा ४० प्वाईन्ट रगत संकलन
  • काँचुली खबर

१९ साउन, कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रमा रहेका ब्यपारीहरुले ४० प्वाईन्ट रगत संकलन गरेका छन । वर्षाको समय विभिन्न स्वास्थ्य संस्था तथा ब्लड बैंकमा रगतको कमि हुन नदिन कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ४० प्वाईन्ट रगत संकलन गरिएको हो ।

नेपाल सिलाई तथा कपडा ब्यबसायी संघ बाँके र उद्योग ब्यापार संघ कोहलपुरको आयोजना तथा बाँके सुनचाँदि तथा गहना ब्यबसायी संघको समन्वयमा आयोजित रक्तदान कार्यक्रमबाट ४० प्वाईन्ट रगत संकलन गरिएको उद्योग ब्यापार संघ कोहलपुरले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा रहेको ब्लड बैंकको कार्यकक्षमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर क्षेत्रका ब्यापारी, ब्यबसायी, शशस्त्र प्रहरी तथा स्वतस्फुर्त रुपमा आएका युवाहरुबाट रगत संकलन गरी ब्लड बैंकलाई हस्तान्तरण गरिएको उद्योग ब्यापार संघ कोहलपुरका अध्यक्ष विष्णु खनालले जानकारी दिए ।

 

नेपालको दास्रो ठुलो रक्तदाता महिला सरितादेवि ज्ञावलिको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता उद्योग ब्यापार संघ कोहलपुरका बिष्णु खनालले गरेका थिए ।

रक्तदाताहरुलाई सम्मान स्वरुप प्रमाण-पत्र समेत वितरण गरिएको उद्योग ब्यापार संघ कोहलपुरका महासचिव शंकर न्यौपानेले जानकारी दिए ।

  • १९ श्रावण २०८१, शनिबार १६:३५ प्रकाशित
  • Nabintech