नेसन्स भलिबल लिगकाे उपाधिकालागी नेपाल र भारत भिड्दै
  • काँचुली खबर

१९ साउन, काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारत भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

जारी लिगमा उत्कृष्ट लयमा देखिएको भारत आयोजक नेपाललाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यता, नेपाल पाहुना टोली भारतलाई यस लिगमा पहिलो हार चखाउने उदेश्यका साथ कोर्ट उत्रनेछ।

उपाधिको दाबेदारको नेपालसङ्कगको खेल तेस्रो हुनेछ। पहिलो खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेट भारतले २५-२० र २५-१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, तेस्रो सेटमा भने इरानले उत्कृष्ट पुनरागमन गर्‍यो।

उक्त सेट १९-२५ ले गुमाएपछि। १४ अंकले पछि परिसकेको स्थितिमा इरानले लगातार ९ अंक जोड्दै स्कोर १८-२३ बनाएको थियो। त्यसपछि इरानले एक अंक जोड्यो भने भारतले दुई।

यद्यपि, तेस्रो सेटमा सुरूवातदेखि नै कमजोर देखिएको इरानले २५-१० ले खेल गुमायो। भारतले दोस्रो खेलमा पनि यही सानदार लयलाई निरन्तरता दिँदै माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले पहिलो सेट २५-६ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछिका दुई सेटमा पनि भारतले सहज जित हासिल गर्‍यो। भारतले दोस्रो सेट २५-११ र तेस्रो सेट २५-१० ले जित्यो।

यता, नेपाल भने पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएको श्रीलंकालाई निराश पार्‍यो। पहिलो सेट नेपालले २५-१९ ले सहजै जितेको थियो। दोस्रो सेट नेपालले २५-१८ ले जित्यो। एक समय ४-४ को स्थिमा रहेको नेपालले लगातार ६ अंक जोडेको थियो।

तेस्रो सेटमा श्रीलंकाले नेपाललाई अंक जोड्न केही संघर्ष गराएको थियो। तर, घरेलु समर्थकको बलियो साथ पाएको नेपालले ९-१७ ले पछि रहेको अवस्थामा लगातार अंक जोड्दै खेल २५-१९ ले आफ्नो पक्षमा पार्‍यो। नेपाललाई भारतविरुद्धको खेलमा घरेलु समर्थकको बलियो साथ मिल्नेछ।

  • १९ श्रावण २०८१, शनिबार १०:३८ प्रकाशित
  • Nabintech